लामो समयदेखि संचार क्षेत्रमा सक्रिय निर्माता रमेश एम के पौडेल अब निर्देशन पनि बन्ने भएका छन् । उनले चलचित्र ‘रेड वाइन’ निर्देशन गर्ने पक्का भएको छ ।
हाल अमेरिकामा रहेका पौडेलको निर्देशनमा बन्ने यो चलचित्रका लागि मुख्य दुई कलाकार फाइनल गरिएको छ । यो चलचित्रमा नायक पल शाह र नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले काम गर्ने पक्का भएको छ । पल र साम्राज्ञीले पहिलो पटक पर्दा शेयर गर्न लागेका हुन् । दुई चर्चित कलाकारले एकसाथ काम गर्न पाउँदा उत्साह व्यक्त गरेका छन् ।



0 Comments